बैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि खुलाइएको ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको पहिलो चरणको आइपीओमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ। नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।
साझा अर्थ संवाददाता