पात्रो

रेडियो

समाचार खोजी

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड

दुई लाख २५ हजार कित्ता सेयर बाँडफाँड

साझा अर्थ संवाददाता १ फागुन २०८१, बिहिवार

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा बसेर रोजगार गरिरहेका नेपालीका लागि जारी गरेको दुई लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी उक्त सेयर बाँडफाँड गरेको हो ।
कम्पनीको आफ्नो जारी पु्ँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँ  रकम बराबरको प्रति सेयर अंकित मूल्य एक सय रुपियाँ दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात दुई लाख २५ हजार कित्ता साधारण सेयर माघ ८ गते देखि २२ गतेसम्म निष्कासन तथा बिव्रmी खुला गरिएको थियो ।
उक्त अवधिभर प्राप्त ४५ हजार ९०६ आवेदनमध्ये २२ हजार पाँच सयलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्थाको अधिनमा रहेर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको थियो ।

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ