काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा चार सय प्रतिशतले बृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पाँच करोड ३७ लाख रुपियाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आ.व.को सोही अवधिसम्म खुद नाफा एक करोड ६३ लाख रुपियाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै आठ करोड एक लाख रुपियाँ पुगेको हो ।
कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपियाँ रहेको छ । जुन अघिल्लो आवमा ५४ लाख ९१ हजार रुपियाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपियाँ रहेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व एक करोड ४१ लाख रुपियाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आ.व.को दोस्रो त्रैमाससम्म २.६७ रुपियाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपियाँ पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपियाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको छ ।
साझा अर्थ संवाददाता