sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

“बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन”

११ असार २०८१, मङ्गलवार नवराज शिवाकोटी
134
Shares

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ)मा तत्काल हस्ताक्षर नहुने बताएका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्‌हरूको प्रश्नको जवाफ दिँदै दाहालले पहिले बीआरआइ कार्यान्वयन योजनामा योजना आयोग र चीनको समकक्षीको बीचमा गर्ने भनिएको, अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको, तर टुङ्गिइ नसकेको बताएका हुन्‌ ।

‘अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको छ, तर टुङ्गिइसकेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले आजै अहिल्यै हस्ताक्षर हुन्छ भनेको छैन ।’

‘बजेट मन्त्रालयगत रूपमा सन्तुलित छैन भन्ने प्रश्न माननीयज्यूहरूले राख्नुभएको छ । मलाई लाग्छ- यस विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइ नै सक्नुभएको छ । त्यसलाई सन्तुलित बनाउने कोसिस भइ नै राखेको छ,’ दाहालले भने ।

दाहालले बीआरआइमार्फत चीनबाट लिने ऋण या अनुदान सहायतामात्रै नभइ नेपालले अब अनुदानमै जोड दिने दाहालले बताए । ‘हामी अब अनुदान लिने कुरामा नै जाने हो । एडीबी वा विश्व बै‌ंक जो भए पनि, ऋण नै लिए पनि १ वा १.५ प्रतिशतभन्दा बढीमा नजाने भनेको हो । तर हाम्रो जोड चाहिँ अनुदान लिनेमा नै हुन्छ ।’

उपराष्ट्रपति/राष्ट्रपति कार्यालयको खर्चबारे एउटा समझदारी बनाएर जान सकिने, तर अहिले नै त्यसलाई बदल्न सक्ने स्थिति नभएको पनि दाहालले बताए ।

नवराज शिवाकोटी
११ असार २०८१, मङ्गलवार

134

Shares