पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा साढे ६ अर्बको कारोबार

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)  आज ६.७८ अंकले बढेसँगै २६०७..९९ अंकमा उक्लिएको छ । आज ३११ कम्पनीका १ करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८ सय ८६।३७ रुपियाँ बराबरको कारोबार भएको छ । 

मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.०५ प्रतिशत नाफा कमाएका छन् भने वीन नेपाल लघुवित्त, सुपर मादी हाइड्रो, भूगोल इनर्जी र एनआईसी एशियाको ऋणपत्रका लगानीककर्ताहरुले क्रमशः १०, १०, ९.९९ र ९.९६ प्रतिशतले घाटा व्यहोरेका छन् । समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रो र लघुवित्त क्रमशः ०.२०, ०.६०, २.५३, ०.०२ र ०.०४ प्रतिशतले घटेका छन् ।  

साताको पहिलो दिन हिजो आइतबार १२.५८ अंकले बजार उचालिंदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६सय २४.३० रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ