सोलुखुम्बुमा सबै उडान ठप्प पार्ने वायुसेवा सञ्चालक संघको चेतावनी
दुई सातादेखि हेलिकोप्टर उडान ठप्प रहेको सगरमाथा क्षेत्रमा विवाद झन चर्किदै गएको छ । स्थानीयले ९ माघसम्म हेलिकोप्टर उडान गर्न नदिइए सोलुखुम्बु जिल्लमा हुने सबै ९हेलिकोप्टर र जहाज० उडानहरु ठप्प पार्ने वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।
सगरमाथा राष्ट्रिय निकुन्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्जको बफर जोन क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुन्जको वन, वातावरण तथा वन्यजन्तु सुरक्षा तथा वासास्थन संरक्षणमा चुनौती थपिएको भन्दै १ जनवरी ९१७ पसु० देखि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हवाई सेवा रोक्न नपर्ने लिखित निर्देशन दिएको र निकुन्ज, पालिका र स्थानीयसँग संघले पटक पटक वार्ता गर्दासमेत कुनै निक्र्यौल ननिस्किएको र खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झन्डा गाडेर स्थानीयले अवरोध सिर्जना गरेको भन्दै संघले २१ पुसदेखि उद्दारसहितका सम्पूर्ण हेलिकोप्टर उडान सेवा बन्द गरेको थियो ।
चौतर्फी विरोध र माथिल्लो निकायबाट निर्देशन भएपछि निकुञ्ज कार्यालयले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ । सोलुखुम्ब जिल्ला प्रशासनले पनि हेलिकोप्टर उडानमा प्रतिरोध गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा क्लव, समिति र विभिन्न संघसंस्थाहरुले उद्दार, कार्गो र सिधा मान्उटेन फ्लाइट बाहेकका व्यवसायिक प्रयोजनमा हेलिकोप्टर उडान गर्न प्रतिबन्ध कायमै राखेका छन् ।
‘हाम्रो सेवाहरुलाई निरन्तरता दिँदैखुम्बु पासाङ ल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न हामी प्रतिबद्ध छौं’, संघको विज्ञप्तीमा उल्लेख छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ११ माघमा सरोकारवालाहरुबीच समन्वय बैठक आह्वान गरेकोमा सो अगावै अविलम्व ९ माघसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधान गर्नका लागि हामी सम्बन्धित सरोकारवाला निकाय र पक्षसँग अनुरोध गर्छौं ।’
35
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्यूटिकल्सले पायो आइपीओ स्वीकृती
-
पक्क्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
-
माघ १० सम्म कायम शेयरधनीलाई पाँचथर पावरको शतप्रतिशत हकप्रद
-
साताको अन्तिम दिन ७.३३ अंक घट्यो नेप्से
-
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण