पुसमा ३५ उद्योगका लागि करिब ५ अर्ब प्रतिबद्धता, १ हजार ७१ जनालाइै रोजगारी
चालु आर्थिक वर्षको पुसमा मात्रै ३५ उद्योगका लागि करिब ५ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । पुसमा सेयर पर्चेज एग्रीमेन्ट र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट मार्फत ३ उद्योगका लागि ३१ करोड १५ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै ३ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट(टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । जसमध्ये प्रमाणीकरण प्रणालीबाट १९ उद्योगका लागि ४ अर्ब ७४ करोड ७७ लाख र स्वचालित प्रणालीबाट १६ उद्योगका लागि २५ करोड १४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
पुस महिनाको प्रतिबद्धता अनुसार मात्रै १ हजार ७१ जनाले रोजगारी पाउनेछन् । पुसमा मात्रै ३३ वटा साना उद्योग, एक एक वटा मध्यम र ठूला उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ ।
साझा अर्थ संवाददाता
३ माघ २०८१, बिहिवार
38
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्यूटिकल्सले पायो आइपीओ स्वीकृती
-
पक्क्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
-
माघ १० सम्म कायम शेयरधनीलाई पाँचथर पावरको शतप्रतिशत हकप्रद
-
साताको अन्तिम दिन ७.३३ अंक घट्यो नेप्से
-
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण