काठमाडौं / लक्ष्मी सनराइज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीका लागि लगानी जुटेको छ । कम्पनीले लमजुङ्गको मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाटको अप्पर मर्स्याङ्दी(१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । कुल लागत २१ अर्ब ४० करोड रहेको परियोजना निमार्णको लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवद्धक(संस्थापकहरुको लगानी रहने छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिवद्धता ७ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर १ ले पुस १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो । साथै पुस ९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्वकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन् ।
साझा अर्थ संवाददाता