पात्रो

रेडियो

समाचार खोजी

दशै तिहारलाई १९ हजार टन चिनी आयात गरिदै

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

नजिकिदै गरेको दशै तिहारलाई लक्षित गरेर वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट १९ हजार चिनी आयात गर्न इच्छुक फर्म÷कम्पनीसँग प्रस्ताव मागेको छ। चाडपर्वलाई लक्षित गरी भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार टन चिनी आयात गर्न पाँच दिनभित्र प्रस्ताव पेस गर्न सक्ने विभागको सूचनामा भनिएको छ।
चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २६ सय टन तोकिएको छ।


१९ हजार टन बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २६०० टन कोटा नघट्ने गरी समानुपातिक बाँडफाँट गरिने विभागको सूचनामा उल्लेख छ।
भारतले कोटाको चिनी आयात गर्न आगामी ३० सेप्टेम्बरसम्म समयावधि तोकेको छ। अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए  खारेज हुने विभागको सूचनामा उल्लेख छ।


चिनी आयात अनुमति पाएका कम्पनीले विभागबाट अनुमति लिएको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातीत चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त राखिएको छ।  

 

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता