पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशको खर्च १२ प्रतिशत मात्रै

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार

 

बागमती– चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारले  कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ। 

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार  प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । 
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६.२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३.९० प्रतिशत बजेट खर्च गरेको छ। सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले २.५७ प्रतिशत बजेट खर्च गरेको छ। 

 

316 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु