पात्रो

रेडियो

समाचार खोजी

चार दिनपछि सामान्य बढ्यो सुनको मूल्य

साझा अर्थ संवाददाता १ पुष २०८१, सोमवार

 

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख  ५१ हजार २ सयमा  कारोबार भइरहेको छ । यस अघि नेपाली बजारमा सुनचाँदीको भाउ चार दिनयता निरन्तर ओरालो लागेको थियाृ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार सुनको भाउ एक लाख ५४ हजार दुई सय रुपैयाँ प्रतितोला पुगेको थियो । बिहीबार स्थिर रहेको मूल्य शुक्रबार भने एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने प्रतितोला २२ सय रुपैयाँ घटेर कारोबार भएको महासंघले जनाएको छ ।

 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु