स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । एसोसिएसनको ३०औं साधारणसभाबाट सागर ढकाल अध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै संघको उपाध्यक्षमा नितिश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका थिए। सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका थिए।
साझा अर्थ संवाददाता