पात्रो

रेडियो

समाचार खोजी

नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा

साझा अर्थ संवाददाता २७ मंसिर २०८१, बिहिवार

सेयर बजार नेप्से परिसूचक ३३.४२ अंकले घटेर परिसूचक २६८२.२९ बिन्दुमा झरेको छ । बिहिबार  ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँको सेयर कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको छ । 
कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको भएपनि बाँकी समूहको उपसूचक राताम्मे भएका छन् । त्रिशुली जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, कुथली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने जानकी फाइनान्स, इङ्वा हाइड्रोपावर, इमर्जी नेपाल, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

144 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता