काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले सभा पुस १९ गते कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु छन् ।
साझा अर्थ संवाददाता