पात्रो

रेडियो

समाचार खोजी

राधी विद्युत कम्पनीको ५ प्रतिशत लाभांश र हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता २७ मंसिर २०८१, बिहिवार

 

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।कम्पनीले पुस १८ गते साधारणसभा आह्वान गरेको छ।


त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १ः०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।   
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता