साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंंकले घटेर २ हजार ६६९ विन्दुमा रोकिएको हो । समग्रमा बजार घटे पनि होटल, उत्पादनमूलक, लघुवित्त र ट्रेडिङ क्रमशः ०.२८, ०.३३, ०.१३ र ०.३० प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भएका छन् ।
मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको ८७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ । बाँकी रहेका १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्टक्चरको भएको छ । कम्पनीको १८ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता