पात्रो

रेडियो

समाचार खोजी

बाढी पहिरोको क्षतीले विद्युत् प्राधिकरणको नाफा २७ प्रतिशत घट्यो

साझा अर्थ संवाददाता २१ मंसिर २०८१, शुक्रवार

 

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ।  प्राधिकरणको यो नाफा गत आवको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । समीक्षा अवधिमा प्राधिकरणको आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख र खर्च ३२ अर्ब ६९ करोड ३६ लाख रहेको छ।  

गत आवको पहिलो तीन महिनामा प्राधिकरणको नाफा १२ अर्ब ४७ करोड २७ लाख थियो ।  गत आवभर भने प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको तथ्यांक छ । विशेषगरी १० देखि १२ असोजमा आएको बाढी तथा पहिरोले गर्दा प्राधिकरणको नाफा प्रभावित भएको कर्मचारीहरू बताउँछन् । यो बर्ष बाढीपहिरोले प्राधिकरणका प्रसारणलाइन, विद्युत् परियोजना, वितरणलाइन, सबस्टेसन, ट्रान्सफर्मरलगायतमा पूर्वाधार तथा संरचनामा ठुलो क्षति भएको र त्यसको मर्मत–सम्भारलगायतमा भएको खर्चले नाफा प्रभावित भएको प्राधिकरणको भनाइ छ ।

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्