पात्रो

रेडियो

समाचार खोजी

२५ मेगावाटको सेती नदीबाट व्यावसायिक उत्पादन सुरु

साझा अर्थ संवाददाता २१ मंसिर २०८१, शुक्रवार

 

२५ मेगावाटको सेती नदी जलविद्युत् परियोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरिएको छ। गत असोजदेखि नै उक्त परियोजनाबाट परीक्षण उत्पादन सुरु भएको थियो। त्यसमा २७ कात्तिकबाट परियोजनाको व्यावसायिक उत्पादन गणना गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले सोमबार निर्णय गरेको हो।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले पाँच अर्ब रुपैयाँ लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा यो परियोजना बनाएको छ। ०७७ को अन्तिमबाट यसको निर्णय सुरु गरिएको थियो। कम्पनीले चार वर्षमै परियोजना सञ्चालनमा ल्याएको हो। परीक्षण उत्पादन सफल भएपछि थप कानुनी प्रक्रिया पूरा गरेर कम्पनीलाई व्यावसायिक उत्पादनको स्वीकृत दिएको विभागको भनाइ छ। 

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्