अक्टुबर महिनामा सवा लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार २०२४ को अक्टुबर महिनामा १ लाख २४ हजार ३९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
२०२३ को अक्टुबर महिनाको तुलनमा यसवर्ष नेपाल आउने पर्यटक ६.०४ प्रतिशतले बढेका हुन् । २०२३ को अक्टुबर महिनामा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
अक्टुबरमा भारतबाट १६ हजार ३१३, अमेरिकाबाट १६ हजार २३, बेलायतबाट ८ हजार १९, चीनबाट ७ हजार ७५० र अष्ट्रेलियाबाट ६ हजार ९२९ पर्यटक नेपाल आएका छन् । यस्तै, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलङ्काबाट ३ हजार १२५ र इटालीबाट २ हजार ६३५ पर्यटक नेपाल आएका छन् ।
साझा अर्थ संवाददाता