पहिलो पटक निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयात र कारोबारको अनुमति प्रदान गरिएको छ । योग्य होल्डिङ्स प्रालिले उद्योग विभागबाट तरल प्राकृतिक ग्यास ९एलएनजी०को आयात र बिक्री अनुमति पाएका हुन् ।
उद्योग विभागले गत शुक्रबार प्राकृतिक ग्यास आयातको कारोबार गर्न अनुमति दिएको योग्य होल्डिङ्सले जनाएको छ । विभागले आयल निगमको स्वीकृति लिएर मात्र निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्ने लाइसेन्स जारी गरेको हो ।
कम्पनीले कारोबार अनुमति पाएसँगै बाराको सिमरामा उद्योग खोल्ने तयारी थालेको छ । आठ बिघा जमिनमा उद्योग खोल्ने तयारी भएको उद्योगमा करिब एक अर्ब लगानी हुने जनाइएको छ ।
साझा अर्थ संवाददाता