पात्रो

रेडियो

समाचार खोजी

धितोपत्र बोर्डले पायो अध्यक्ष

साझा अर्थ संवाददाता १० मंसिर २०८१, सोमवार

काठमाडौंः धितोपत्र बोर्डले लामो समय पछी अध्यक्ष पाएको छ । ११ महिना देखि धितोपत्र बोर्ड अध्यक्षको पद खालि रहेकोमा नेपाल सरकारले सोमबार अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाईे बोर्डको अध्यक्ष नियुक्ति गरेसँगै बोर्डले अध्यक्ष पाएको हो । 
आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । नेपाल धितोपत्र बोर्ड २०८० पुस  २१ देखि अध्यक्षविहीन अवस्थामा थियो । जस्को कारण आइपीओ निश्काशन लगायतका काम ठप्प थियो ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता