पात्रो

रेडियो

समाचार खोजी

१३.०३ विन्दुले घटेर २६६७.४० अंकमा नेप्से

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

 


काठमाडौं आइतबार नेप्से सूचक १३.०३ विन्दुले घटेर २६६७.४० अंकमा बन्द भएको छ  । यस दिन ३ सय २२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर किनकारोबार भएको यस दिन  ७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको किनबेच भएको छ । यस दिन ६० करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । 
आइतबार कारोबारमा आएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

आइतबार थ्री स्टार हाइड्रोपावर, न्यादी ग्रुप पावर र नबिल डिबेन्चर २०८२ को सेयर मुल्यमा नौ प्रतिशत बढीको वृद्धि भएको छ। यस्तै, सेन्चुरी डिबेन्चरको सेयर मूल्य भने ७।७५ प्रतिशतले घटेको छ।

 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता