एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स
काठमाडौं। नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स डेलिभरी तथा हस्तान्तरण गरेको छ।
एलिजा नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानका लागि परिचित छन्।
ओमोडा एन्ड जेइकोको चावहिलस्थित आधिकारिक डिलरसिप एबिटी मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो।
एसपिजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, सिनियर म्यानेजर आशीष दाहाल तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा र ऋषि धमलालाई गाडी हस्तान्तरण गरिएको हो।
जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोडर इलेक्ट्रिक एसयूभी हो, जसले साहसिक यात्रा गर्न चाहनेका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटी सोलुसन दिन्छ। जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टी डिजाइनले गर्दा अन्य प्रतिद्वन्द्वी एसयूभीभन्दा छुट्टै स्तरमा रहेको छ।
यस अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपी रेन्ज, ६५।६९ किलोवाटआवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ–रोड ट्र्याक तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ। ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ। जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो–रेन्जको इलेक्ट्रिक एसयूभीको लाइनअपमा थपिएको नयाँ एसयूभी हो।
नेपाली बजारमा गत फेब्रुअरी २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिनाभित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडी डेलिभर गरिसकेको छ र ब्रान्डका गाडी डिलर नेटवर्कमार्फत देशभर उपलब्ध छ। एसपिजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको अटोमोबाइलको नेपालको आधिकारिक वितरक हो।
70
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो