पात्रो

रेडियो

समाचार खोजी

सरकारलाई खर्चको जोहो गर्न धौ धौ

साझा अर्थ संवाददाता २ मंसिर २०८१, आइतवार



चालू आर्थिक वर्षको चार महिना ९साउन–कात्तिक०मा सरकारले तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, कुल खर्च भने चार खर्ब १५ अर्ब दुई करोड भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार कुल खर्चमा करिब ७८ प्रतिशत मात्रै राजस्वले धानेको छ । बाँकी खर्चका लागि ऋण र अन्य स्रोतमा भर पर्नुपरेको छ । 
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनिवार्य दायित्वका खर्च बढ्दै जाँदा स्रोतमाथि दबाब परेको भन्दै कर प्रशासकलाई राजस्व वृद्धिका लागि निर्देशन दिँदै आएका छन् ।  

  पहिलो चौमासमा दुई खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ चालू खर्च भएको कार्यालयको तथ्यांकले देखाएको छ । त्यस्तै, वित्तीय व्यवस्थाअन्तर्गत ८७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ  । सरकारको कुल राजस्व संकलनको तुलनामा चालू र वित्तीय व्यवस्थामा भएको खर्च ५७ अर्ब २४ करोडले बढी छ । 

 

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ