पात्रो

रेडियो

समाचार खोजी

नागढुंगा सडक आंशिक बन्द हुने

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार

 

काठमाडौं। नागढुंगा सडक मंसिर ५ सम्म आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको सिस्ने खोलाको स्लोप कटिङ गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज सूचना जारी गर्दै जनाएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले आंशिक सडक बन्द गरिने भएको हो । उक्त सडक मंसिर ५ सम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म आंशिक बन्द हुनेछ। 

सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ