काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्रडेडिकेटेड र ट्रंक लाइन बिद्युत्को बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने बताएका छन्। ‘ कानुनी रूपमा प्राधिकरणले बक्यौता उठाउन लाइन काटेको अवस्थामा मन्त्रीपरिषदबाट २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन आएको कारण बाध्य र्भएर लाइन जोडेको जानकारी दिदै उनले अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि रहेको बताए । १५ दिनभित्र उद्योगीले बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने उनले चेतावनी दिएका छन् ।
विद्युत प्राधिकरण ऐन २०४१ मा नेपाल सरकारको निर्देशन पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यो व्यवस्थालाई सम्मान गर्दै कानुनी रूपमा काटिएको लाइन नेपाल सरकारको प्रशासनिक निर्णयबाट जोड्ने चरणमा हामी छौं,’ उनले भने ।
साझा अर्थ संवाददाता