काभ्रेपलाञ्चोकः बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत जर्मन सकारले सो सहयोग गर्ने भएको हो ।
काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने धुलीखेल नगरपालिकाले जनाएको छ । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग नगरप्रमुख अशोक ब्यञ्जुको भेटघाटकाक्रममा खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता राजदुतले व्यक्त गर्नुभएको थियो ।
उक्त आयोजना पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख खर्च हुने उहाँको अनुमान छ ।
जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।
साझा अर्थ संवाददाता