पात्रो

रेडियो

समाचार खोजी

२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न बर्तौलाकाे माग

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । नेकपा एमालेका सांसद् महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भएपनि सर्वसाधारणको पहुँचमा नआएको बताएका हुन् ।

सांसद् बर्तौलाले भने, ‘नेपालको संसदीय अभ्यास २०१५बाट शुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका सांसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्‍याउन सकेका छैनौं । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । सांसदका समग्र गतिविधिलाई वेशसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु ।’

उनले संंसदीय गतिविधिलाई ऐतिहासिक सम्पतीको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ