sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख

२१ कार्तिक २०८१, बुधवार साझा अर्थ संवाददाता
126
Shares

 

काठमाडौँ ।  टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित “टीभीएस संग नयाँ युगको आरम्भ २०२४“ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् । 
साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि रु. ५,००० र खरिद पश्चात रु. ५ लाख जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५०% क्याशब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५% क्याशब्याक र खरिदअघि रु. ५,०००  जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
साथै “टीभीएस संग नयाँ युगको आरम्भ २०२४“ उपहार योजना अन्तर्गत हाल सम्म  २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार,  १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।  
नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो । टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् । 

साझा अर्थ संवाददाता
२१ कार्तिक २०८१, बुधवार

126

Shares

सम्बन्धित समाचार