काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले ४ प्रतिशत वोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा कात्तिक १२ गते सोमबार, काठमाडौंमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०८०र८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ को ४ प्रतिशतले हुने ५६,८०,३८,९६०।२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०।२१ प्रतिशतले हुने २,९८,९६,७८७।३८ सहित जम्मा ५९,७९,३५,७४७।६१ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
बैठकले आव २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०र८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।
साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको उनले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
साझा अर्थ संवाददाता