पात्रो

रेडियो

समाचार खोजी

बाढीले पुर्‍याएको क्षतिमा साढे नौ अर्ब बिमा दाबी

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

नेपाल बिमा प्राधिकरणका अनुसार १०–१२ असोजको बाढीपहिरो तथा डुबानबाट पुगेको क्षतिमध्येबाट बिमा कम्पनीहरूमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँबराबरको दाबी परेको छ ।  निर्जीवन बिमा कम्पनीहरूमा  तीन हजार तीन सय ६ वटा दाबी परेका छन् । 

तथ्यांकअनुसार सम्पत्ति बिमामा मात्रै सात अर्ब ३१ करोड ६८ लाख रुपैयाँको एक हजार ६ सय ३५ वटा दाबी आएका छन् । 

त्यसमध्ये एक सय ३५ वटा दाबीमा २६ करोड ७२ लाख ८३ हजार रुपैयाँबराबरको अग्रिम दाबी भुक्तानी पनि गरिएको छ । 

यसैगरी, इन्जिनियरिङ बिमामा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँबराबरका दुई सय ७५ वटा दाबी पर्दा दुईवटामा ३० लाख २६ हजार रुपैयाँबराबरको अग्रिम भुक्तानी दिइएको छ । 

यस्तै, निजी मोटर बिमामा २३ करोड ७७ लाख रुपैयाँबराबरका आठ सय ३८ वटा, सार्वजनिक मोटर बिमामा १६ करोड १२ लाख रुपैयाँबराबरका तीन सय ३८, सामुद्रिक बिमामा दुई करोड २८ लाख रुपैयाँबराबरका २५ वटा, कृषिबाली बिमा एक करोड १९ लाख रुपैयाँबराबरका ५४ वटा, पशुपक्षी बिमामा एक करोड १२ लाख रुपैयाँबराबरका ५४ र विविधमा ५५ लाख रुपैयाँबराबरका १६ वटा दाबी परेका छन् । 

हालसम्म निजी मोटर बिमा दुई करोड २९ लाख रुपैयाँबराबरका ८४, सार्वजनिक मोटर बिमामा ९१ लाखबराबरका २१ वटा, सामुद्रिक बिममा नौ हजारबराबरको एक, कृषि बिमामा १० लाखबराबरका १३ वटा, पशुपक्षी बिमामा दुई लाखबराबरका चारवटा अग्रिम दाबी दिइएको छ ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ