पात्रो

रेडियो

समाचार खोजी

खानेपानी तथा सरसफाई सब-डिभिजन कार्यालय स्थापना

साझा अर्थ संवाददाता १० कार्तिक २०८१, शनिवार

दोलखाः दोलखामा खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गत खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा स्थापना गरिएको हो । 
कार्यालयको शनिवार  बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले एक समारोहकाविच उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा मन्तब्य राख्दै संघीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने भनिए तापनि जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै कार्यालय स्थापना गरिएको बताउनुभयो । 
संघियता कार्यन्वयनपछि जिल्लामा नभएका प्रदेश सरकारका कार्यालय फिर्ता ल्याउने प्रक्रिया अनुसार पूर्वाधार विकास कार्यालयपछि खानेपानी कार्यालय दोलखामा स्थापना गरिएको उहाँको भनाई थियो । 
सब डिभिजन कार्यालय स्थापना  भएसँगै  खानेपानी  सम्बन्धित कामका लागि सेवाग्राही दोलखावासीले रामेछाप जानु पर्ने बाध्यताको अन्त्य भएको छ । अब जनतासँग प्रत्यक्ष सरोकार राख्ने कृषि ज्ञान केन्द्र दोलखामा स्थापना गर्नु पर्ने आम दोलाखली कृषकहरुको माग रहेको छ ।

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ