sajhaartha.com १ माघ २०८१, मङ्गलवार
१ माघ २०८१, मङ्गलवार
14th, January 2025, Tuesday
ताजा खबर

मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति

८ कार्तिक २०८१, बिहिवार साझा अर्थ संवाददाता
127
Shares

 


मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ ।  
मुक्तिनाथ विकास बैंक  कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न नेपाल धितोपत्र बोर्डले  स्वीकृति दिएको हो । 
 बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नका लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।  

नेपाल धितोपत्र बोर्डबाट २०८१ कात्तिक ७ गते प्रतिइकाई अंकित मूल्य रु.१० दरको १० करोड इकाईले हुनआउने कुल रु १ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति दिइएको हो ।  

कुल योजनाको आकारमध्ये रु. १५ करोड रकमबराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु।८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन हुने बताइएको छ । 

दश वर्षे अवधिको यो बन्दमुखी योजना हो । 

 

साझा अर्थ संवाददाता
८ कार्तिक २०८१, बिहिवार

127

Shares