पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई बैंक र क्यानडाको आईसीआईसीआई बैंकबीच सहकार्यको समझदारी

साझा अर्थ संवाददाता ८ कार्तिक २०८१, बिहिवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडिपत्लाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायी रुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको विभिन्न बैकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन-प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंकले सबैका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४७ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदैआएको छ ।

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ