वार्षिकोत्सवमा सिटिजन लाइफको साताव्यापी कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा इन्स्योरेन्सले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । कम्पनीले हरेक वर्षझैँ यस वर्ष पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो ।
इन्स्योरेन्सले यस वर्ष बिमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । अझै पनि जीवन बिमासम्बन्धी जानकारी एवं चेतनाको कमी रहेको जनाउँदै यसप्रति जनचेतना वृद्धि गर्न विभिन्न ठाउँमा भव्य रूपमा सडक ¥याली, घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको हो । यसका साथै कम्पनीका कैयौँ शाखा अन्य थुप्रै संस्थासँग आबद्ध भएर जीवन बिमासम्बन्धी कक्षासमेत सञ्चालन गर्ने इन्स्योरेन्सको भनाइ छ ।
वार्षिकोत्सवकै दिन जातीय विविधतालाई मनाउने अवसरका रूपमा लिँदै कम्पनीले यस वर्षदेखि ‘विविधता र समावेशीकरण’ विशेष कार्यक्रमसमेत सुरुवात गरेको छ । विविधतामा एकतालाई प्रवर्द्धन गर्ने र संस्थामा रहेका कर्मचारीबिचमा आत्मीयताको भावना विकास गर्ने साथै एक–अर्काको संस्कृतिबारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताइएको छ ।
त्यस्तै, हालैकोे बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहत सामग्री वितरण गर्ने । यसै सन्दर्भमा प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङजस्ता ठुला समस्यालाई केही हदसम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रिन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपालि पनि प्रधान कार्यालयलगायत देशभरिका विभिन्न शाखा कार्यालयमा गरिने भएको छ । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित ०७४ कात्तिक २ बाट व्यावसायिक करोबार सुरु गरेको इन्स्योरेन्सले प्रधान कार्यालयसमेत गरी एक सय ३६ शाखा–उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
146
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो