हुन्डाईका सवारीधनीलाई राजमार्गमा निःशुल्क जाँच सुविधा
हुन्डाई गाडीले ‘हुन्डाई हाइवे एन्स्योरेन्स : केयर फ्री राइड टु होम’ दिने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ–तिहार र छठ पर्व मनाउन घर जाने हुन्डाई सवारीधनीलाई २२ असोजदेखि २५ सम्म बिहान १० :०० बजेदेखि बेलुका ६:०० बजेसम्म मुख्य राजमार्गका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा दिनेछ ।
हुन्डाईले दक्ष प्राविधिकसहित हेटौँडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलालीलगायत देशका महत्वपूर्ण राजमार्गमा चेकअप प्वाइन्ट स्थापना गरेको जनाएको छ। कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्ने जनाएको छ।
त्यस्तै, विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डिसी चार्जर पनि उपलब्ध हुनेछ । यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकलाई सवारीसाधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
121
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो