काठमाडौँ, ३० असार : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले योग्य संस्थागत लगानीकर्ता का लागि सुरक्षित राखेको सेयरको 'लक-इन' अवधि आगामी भदौ १ गते समाप्त हुने भएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
कम्पनीको कुल १ अर्ब ९० करोड रुपैयाँ जारी पुँजीमध्ये सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि छुट्ट्याइएको १९ लाख २६ हजार ६०० कित्तामध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको थियो। धितोपत्र नियमअनुसार ६ महिनाको अनिवार्य लक-इन अवधिमा रहेका यी सेयरहरू आगामी भदौ १ गतेपछि दोस्रो बजारमा सर्वसाधारण सरह खरिद-बिक्रीका लागि योग्य हुनेछन्।
यो अवधि सकिएपछि बजारमा सेयरको आपूर्ति थपिने भएकाले आम लगानीकर्तालाई आफ्नो रणनीति बनाउन यो सूचनाले सहयोग पुग्ने विश्वास गरिएको छ।