पात्रो

रेडियो

समाचार खोजी

केबीएनआर इसुवा पावरले १ अर्ब १९ करोडको आईपीओ ल्याउने, प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

साझा अर्थ संवाददाता ३१ असार २०८३, बुधवार
समाचार सारांश
  • केबीएनआर इसुवा पावर लिमिटेडले १ अर्ब १९ करोड रुपैयाँबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी गरेको छ।
  • यस आईपीओको प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
  • कम्पनीले संखुवासभामा ९७.२ मेगावाट क्षमताको इसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, जसको आईपीओ नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र निष्कासन हुनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं, ३० असार २०८३: केबीएनआर इसुवा पावर लिमिटेडले सर्वसाधारणका लागि १ अर्ब १९ करोड रुपैयाँबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड १९ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। प्रस्तावित आईपीओको प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

यससम्बन्धी सम्झौतापत्रमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इसुवा पावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन्।

काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार प्रस्तावित आईपीओमा आवश्यक प्रत्याभूति सेवा ज्योति क्यापिटलले प्रदान गर्नेछ।

ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, शेयर प्रत्याभूति तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा दिँदै आएको छ।

केबीएनआर इसुवा पावरले संखुवासभामा ९७.२ मेगावाट क्षमताको इसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको आईपीओ निष्कासन भने नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्र अघि बढ्नेछ।

65 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्