पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एसिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर लिलामीमा

साझा अर्थ संवाददाता ३१ असार २०८३, बुधवार

काठमाडौँ, ३१ असार: एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४५ हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले आज एक सूचना जारी गर्दै उक्त सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा विभिन्न संस्थागत निकायहरूलाई खरिदका लागि आह्वान गरेको हो।

लिलामीमा राखिएको उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् साउन ६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। सेयर खरिद गर्न चाहनेले काठमाडौँको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर आफ्नो बोलपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकले तोकेको म्यादभित्र प्राप्त भएका आवेदनहरू मध्येबाट संस्थापक सेयरको प्रक्रिया र कानुन बमोजिम बाँडफाँड गरिने जनाइएको छ।

12 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु