काठमाडौँ, २८ असार: नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गर्न लागिएको नयाँ म्युचुअल फण्ड योजनालाई सञ्चालनको स्वीकृति दिएको छ। बोर्डले २ अर्ब २० करोड रुपैयाँ बराबरको 'सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान' नामक योजनालाई असार २३ गते स्वीकृत गरेको हो।
यो एक बन्दमुखी म्युचुअल फण्ड योजना हो। यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल २२ करोड इकाईहरू सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यस फण्डको कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।
हाल सिद्धार्थ क्यापिटलले बजारमा तीनवटा बन्दमुखी र एउटा खुल्लामुखी गरेर कुल चारवटा म्युचुअल फण्ड योजनाहरू व्यवस्थापन गर्दै आइरहेको छ।