पात्रो

रेडियो

समाचार खोजी

ओटिपी र केवाइसी अपडेटका नाममा ठगी

साझा अर्थ संवाददाता २८ असार २०८३, आइतवार

काठमाडौँ, २८ असार: बैंकको प्रतिनिधि बनेर ग्राहकलाई ठगी गर्ने गिरोह सक्रिय भएपछि राष्ट्रिय वाणिज्य बैंकले आकस्मिक चेतावनी जारी गरेको छ। विभिन्न बहानामा ग्राहकको गोपनीयतामाथि पहुँच पुर्‍याई रकम लुट्ने प्रयास भइरहेकाले बैंकिङ सुरक्षामा ध्यान दिन बैंकले आग्रह गरेको हो।

ठगहरूले बैंकको कर्मचारी भन्दै फोन गर्ने र ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने बहानामा व्यक्तिगत बैंकिङ सूचना माग्ने गरेको पाइएको छ। मोबाइल बैंकिङको ओटिपी फुत्काउने, शङ्कास्पद एप इन्स्टल गर्न लगाउने, स्क्रिन सेयर गराउने तथा इमेल वा सामाजिक सञ्जालमा झुटा लिंक पठाएर खाता नियन्त्रणमा लिने नयाँ शैली अपनाइएको बैंकले जनाएको छ।

बैंकले आफ्ना कर्मचारीहरूले कहिल्यै पनि फोन वा इमेलबाट ग्राहकको एटिएम पिन, ओटिपी, पासवर्ड वा अन्य कुनै पनि गोप्य विवरण माग नगर्ने स्पष्ट पारेको छ।

यस्ता शङ्कास्पद फोन कलको विश्वास नगर्न र आफ्नो गोप्य डिजिटल विवरण कसैसँग सेयर नगर्न बैंकले अपिल गरेको छ। कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकैको शाखा कार्यालय वा बैंकको आधिकारिक नम्बरहरूमा जानकारी गराउन र बैंकको वेबसाइटमा रहेका सूचनालाई मात्र आधिकारिक मान्न ग्राहक वर्गमा अनुरोध गरिएको छ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु