पात्रो

रेडियो

समाचार खोजी

जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडद्वारा आईपीओ निष्कासनको तयारी

साझा अर्थ संवाददाता २९ असार २०८३, सोमवार

काठमाडौँ, २९ असार: जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडद्वारा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। कम्पनीका अनुसार कम्पनीले आफ्नो व्यवसाय विस्तार र संस्थागत सुदृढीकरणका लागि आईपीओ प्रक्रिया अघि बढाउने निर्णय हो। 

कम्पनीले प्राथमिक शेयर निष्कासन प्रक्रियालाई तीव्रता दिन प्रमुख निर्णयहरू पारित गरेको छ। जसअन्तर्गत पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिबाट प्रतिशेयर १२५ रुपैयाँका दरले कुल ५ करोड रुपैयाँ बराबरको संस्थागत लगानी स्वीकार गर्ने निर्णय अनुमोदन गरिएको छ।

यसका साथै, कम्पनीले सर्वसाधारणका लागि आफ्नो कुल पूँजीको २० देखि २७.५ प्रतिशतसम्म शेयर निष्कासन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ। संस्थागत सुशासनलाई थप सुदृढ बनाउन कम्पनीले आफ्नो नियमावलीमा संशोधन गर्दै स्वतन्त्र सञ्चालक र सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था समेत गरेको छ।

कम्पनीले आईपीओ प्रक्रिया अघि बढाउन सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक र केयर रेटिङ्सलाई क्रेडिट रेटिङ एजेन्सीका रूपमा नियुक्त गरेको छ। एकीकृत कृषि तथा वन व्यवसायलाई विस्तार गर्दै स्थानीय उत्पादन प्रवर्द्धन गर्ने, आयात निर्भरता घटाउने र कृषकहरूलाई सहयोग पुर्‍याउँदै दीर्घकालीन र दिगो प्रतिफल सिर्जना गर्ने लक्ष्य कम्पनीले लिएको छ।

13 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु