पात्रो

रेडियो

समाचार खोजी

सानीगाड र कलङ्गा हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई जलविद्युत कम्पनीहरूको प्राथमिक सेयर आईपीओ सूचीकृत भएको छ। नेप्सेका अनुसार सानीगाड हाइड्रो लिमिटेडको २ करोड ८५ लाख कित्ता र कलङ्गा हाइड्रो लिमिटेडको १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको हो। यी दुवै कम्पनीले नेप्सेसँग सम्झौता गरेपछि आगामी असार १८ गते बिहीबारदेखि दोस्रो बजारमा यिनीहरूको सेयर कारोबार सुरु हुनेछ।

दोस्रो बजारमा पहिलो कारोबारका लागि सानीगाड हाइड्रोपावरले प्रतिसेयर १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको प्रारम्भिक मूल्य सीमा पाएको छ भने यसको कारोबार सङ्केत एसजीएचएल रहेको छ। त्यस्तै, कलङ्गा हाइड्रोपावरले प्रतिसेयर ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेन्ज पाएको छ भने यसको सेयर केएएचएल सङ्केतबाट कारोबार हुनेछ। सानीगाडले गत जेठ १८ देखि २१ गतेसम्म र कलङ्गाले जेठ ८ देखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेका थिए।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्