पात्रो

रेडियो

समाचार खोजी

कुथेली बुखारी स्मॉल हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

निर्णयअनुसार कम्पनीले १ करोड ३४ लाख रुपैयाँ बराबरको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: कुथेली बुखारी स्मॉल हाइड्रोपावर लिमिटेडको १ लाख ३४ हजार ५४ दशमलव २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीहरूका लागि वितरण गरेको उक्त परिमाणको बोनस सेयर दोस्रो बजारमा कारोबार हुन सक्ने गरी नेप्सेमा दर्ता भएको हो।

कम्पनीले गत पुस २९ गते सम्पन्न आफ्नो १४ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत लाभांश अनुमोदन गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले १ करोड ३४ लाख रुपैयाँ बराबरको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। अहिले सूचीकरण प्रक्रिया पूरा भएसँगै उक्त सेयर दोस्रो बजारमा अभौतिकीकरण रूपमा कारोबारका लागि उपलब्ध हुनेछ। हाल दोस्रो बजारमा यस कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिसेयर १ हजार ४१० रुपैयाँ कायम रहेको छ।

8 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु