पात्रो

रेडियो

समाचार खोजी

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल हाइड्रो डेभलपर्सको ९% बोनस बापतको ३ लाख ४९ हजार ३७७ कित्ता सेयर सूचीकृत; प्रतिसेयर अन्तिम मूल्य ६३८ रुपैयाँ ७० पैसा कायम

साझा अर्थ संवाददाता १८ असार २०८३, बिहिवार

काठमाडौँ, १८ असार: नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ३ लाख ४९ हजार ३७७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सेयरधनीहरूका लागि वितरण गरेको उक्त परिमाणको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा दर्ता भएको हो।

कम्पनीले गत पुस २३ गते सम्पन्न आफ्नो १९ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ९ दशमलव ४७ प्रतिशत लाभांश अनुमोदन गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ बराबरको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १८ लाख ३८ हजार रुपैयाँ बराबरको ० दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। हाल दोस्रो बजारमा यस कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिसेयर ६३८ रुपैयाँ ७० पैसा कायम रहेको छ।

6 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु