पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सोपान फार्मास्यूटिकल्सको सेयर सूचीकृत

साझा अर्थ संवाददाता २२ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २२ जेठ: नेपाल स्टक एक्सचेन्ज मा सोपान फार्मास्यूटिकल्स लिमिटेडको १ करोड ७१ लाख ६० हजार कित्ता साधारण सेयर आईपीओ सूचीकृत भएको छ। यसमा कम्पनीका संस्थापकहरूले लगानी गरेको र सर्वसाधारणका लागि निष्कासन गरिएको दुवै सेयर समावेश छ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिसेयर न्यूनतम ९२ रुपैयाँ १५ पैसादेखि अधिकतम २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ रेन्ज तोकेको छ। कम्पनी र नेप्सेबीच अन्तिम सम्झौता भएपछि आगामी जेठ २५ गते आइतबार देखि दोस्रो बजारमा यसको कारोबार सुरु हुनेछ। धितोपत्र बजारमा यो सेयर ‘SOPL’ संकेत बाट किनबेच हुनेछ।

कम्पनीले कुल सेयरमध्ये अंकित मूल्य रु. १०० दरका ४२ लाख ९० हजार कित्ता आईपीओ गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो। फर्मास्यूटिकल्स क्षेत्रको यस नयाँ कम्पनीको प्रवेशसँगै दोस्रो बजारका लगानीकर्ताले थप एक उत्पादनमूलक क्षेत्रको विकल्प पाएका छन्।

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ