पात्रो

रेडियो

समाचार खोजी

बुद्ध भूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर लिलामी आजदेखि खुला

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले जेठ २१ गते देखि ४ लाख ७४ हजार ६९६ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। लगानीकर्ताले जेठ २९ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले चैत २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। त्यसमध्ये बिक्री नभएको ११.८६ प्रतिशत सेयर अहिले सर्वसाधारण र संस्थाहरूका लागि लिलामीमा ल्याइएको हो।

यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम प्रतिसेयर १०० रुपैयाँ मूल्य तोकेर न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्