पात्रो

रेडियो

समाचार खोजी

नेप्से ११ अङ्कले घट्दा कारोबार रकम ५ अर्ब ६२ करोड नाघ्यो

साझा अर्थ संवाददाता २२ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २२ जेठ: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.३७ अङ्क (०.४१ प्रतिशत) ले घटेर २,७५५.४१ को बिन्दुमा ओर्लिएर बन्द भएको हो। परिसूचकमा गिरावट आए पनि बजारमा सेयर किनबेचको चाप बढ्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। आज बजारमा कुल १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो समय लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्दा बिक्री चाप बढेर बजार राताम्मे बन्न पुगेको हो।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ