काठमाडौंः सानिगाड हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज मन्तिम म्याद रहेको छ । कम्पनीले ले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागिे ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो । कम्पनीले ३८.दशमलब ४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।