पात्रो

रेडियो

समाचार खोजी

अभियान लघुवित्तको लाभांश वितरण नगर्ने

साझा अर्थ संवाददाता २५ जेठ २०८३, सोमवार

काठमाडौँ, २५ जेठ: अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले आफ्ना सेयरधनीहरूलाई यस वर्ष पनि कुनै लाभांश वितरण नगर्ने घोषणा गरेको छ। जेठ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई बोनस सेयर वा नगद लाभांश केही पनि नदिने निर्णय गरेको हो। सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णयसहित गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ। नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि यो निर्णय पूर्ण रूपमा लागू हुनेछ।

वि.सं. २०७९ असोजदेखि धितोपत्र दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको यस लघुवित्तले हालसम्म आफ्ना सेयरधनीहरूलाई कुनै पनि लाभांश बाँडेको छैन। हालसम्म लाभांशको इतिहास नभए पनि दोस्रो बजारमा भने यस लघुवित्तको सेयर मूल्य तुलनात्मक रूपमा उच्च विन्दुमा रहँदै आएको छ। नेप्सेमा कुल २५ लाख कित्ता सेयर सूचीकृत रहेको यस लघुवित्तको सेयर गत साता प्रतिसेयर १ हजार ११४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८४ पैसा रहेको छ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु